arrow

शहरमा भालुको शृङ्खलाबद्ध आक्रमणपछि आपतकाल घोषणा गर्ने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १९ मंगलबार
bear-.jpg
तस्बिर फाइल

काठमाडौँ ।  उत्तरपूर्वी जापानको फुकुसिमा शहरमा मङ्गलबार एक भालुले नियन्त्रणविहीन भई शृङ्खलाबद्ध आक्रमण गर्दा चार जना घाइते भएका छन्। स्थानीय मिडियाका अनुसार भालुको आक्रमणबाट घाइते भएका सबै जनालाई उपचारका लागि तत्कालै अस्पताल पठाइएको छ।

स्थानीय समय अनुसार मङ्गलबार बिहान करिब ६:३० बजे फुकुसिमा शहरको एक निर्माण कम्पनीका दुई जना पुरुष कर्मचारीलाई एउटा भालुले अचानक आक्रमण गरेको थियो। स्थानीय प्रहरी र अग्नि नियन्त्रक विभागलाई उद्धृत गर्दै क्योडो न्यूजले यस घटनाको रिपोर्ट सार्वजनिक गरेको हो।

निर्माण कम्पनीका कर्मचारीहरूलाई आक्रमण गरेपछि उक्त भालु छिमेकी आवासीय क्षेत्रतर्फ भागेको थियो। त्यसपछि एउटा घरभित्र प्रवेश गरी भालुले ८० वर्षकी एक वृद्ध महिलालाई आक्रमण गर्‍यो भने लगत्तै अर्को कार्यालय भवनमा पसेर ६० वर्षका एक पुरुष कर्मचारीलाई समेत घाइते बनायो।

स्थानीय प्रहरीका अनुसार गत हप्ता देखि नै फुकुसिमा शहरको वरपर भालु देखिएको थियो। आक्रमणकारी भालु अझै पनि सोही क्षेत्रमै सक्रिय रहेको बताइएको छ। 

भालु बस्तीमै रहेकाले थप जोखिम बढेको भन्दै प्रहरी अधिकारीहरूले उक्त जनावरलाई गोली हान्ने अनुमति दिने र क्षेत्रमा आपतकाल घोषणा गर्नेबारे गम्भीर विचार गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ