सरकारले ३१ वटा सरकारी निकाय खारेज गर्ने, कर्मचारी र सुरक्षाकर्मीको सेवा सुविधा बढाइने
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १५ शुक्रबार
1.2k
Shares
काठमाडौँ । सरकारले विभिन्न ३१ वटा सरकारी निकायहरू खारेज गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सङ्घीय संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यस्तो जानकारी गराएका हुन्।
बजेट वक्तव्यका क्रममा अर्थमन्त्री वाग्लेले प्रशासनिक खर्च कटौती र चुस्तताका लागि ३१ वटा निकाय खारेज गर्नुका साथै ६ वटा निकायलाई एकापसमा गाभ्ने (मर्जर गर्ने), ६ वटा निकायलाई हस्तान्तरण गर्ने तथा १८ वटा निकायको पुनःसंरचना गरिने स्पष्ट पारे।
यसै गरी सरकारले प्रशासनिक क्षेत्रमा सुधार गर्दै साधारण खर्चमा व्यापक मितव्ययिता कायम गरिने नीति लिएको छ। कर्मचारीतन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम, उच्चस्तरीय कार्यसम्पादनमा कुशल र पूर्ण रूपमा जवाफदेही बनाउने उद्देश्य बजेटले राखेको छ। यसका लागि निजामती कर्मचारी र सुरक्षा निकायका कर्मचारीहरूको सेवासुविधा निरन्तर रूपमा वृद्धि हुँदै जाने गरी आवश्यक प्रबन्ध मिलाइएको समेत अर्थमन्त्री वाग्लेले बताए।