arrow

गणतन्त्र दिवसका दिन माइतीघर मण्डलामा प्रदर्शन

'गणतन्त्र जिन्दावाद, गन तन्त्र मुर्दावाद' को नारासहित सिठ्ठी जुलुस

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १५ शुक्रबार
maitighar-pradarsan.jpg

काठमाडौँ । गणतन्त्र दिवसको दिन काठमाडौँको माइतीघर मण्डलामा विभिन्न सङ्गठनहरूले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन्। संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चा नेपाल, वृहत नागरिक आन्दोलन र जेन–जेड मुभमेन्ट अलायन्सको अगुवाइमा उक्त प्रदर्शन भएको हो।

 प्रदर्शनकारीहरूले ‘गणतन्त्र जिन्दावाद, गन तन्त्र मुर्दावाद’ भन्ने मुख्य नाराका साथ माइतीघर मण्डलामा भेला भई कविता, नाटक, वक्तव्य प्रस्तुत गर्नुका साथै सिठ्ठी जुलुससहित विरोध गरेका हुन्।

बिहीबार आयोजित यस प्रदर्शनमा सहभागी नागरिक तथा अभियन्ताहरूले सुकुमवासीहरूका समस्या समाधान गर्न र सरकारका जनविरोधी कदमहरू रोक्न माग गर्दै विभिन्न प्लेकार्डहरू प्रदर्शन गरेका थिए। 

प्रदर्शनका क्रममा उनीहरूले ‘जनता मार्न पाइँदैन’, ‘यस्तो सरकार चाहिँदैन’, ‘घर खोस्ने शासक चाहिँदैन’, ‘जनविरोधी निर्णय मान्दैनौं’ र ‘डाेजर हाेइन समाधान दे, सुकुमवासीलाई सम्मान दे’ जस्ता आक्रामक र जनसरोकारका नाराहरू लेखिएका प्लेकार्ड बोकेर सरकारको कार्यशैलीप्रति कडा आक्रोश व्यक्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ