एलजीद्वारा नेपालमा नयाँ 'डुअलकुल इन्भर्टर एयर कन्डिसनर' सार्वजनिक: विद्युत् बिल नियन्त्रण गर्न 'किलोवाट म्यानेजर' प्रविधि (तस्बिर)
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १३ बुधबार
456
Shares
काठमाडौँ। एलजी इलेकट्रोनिक्सले सीजी इलेकट्रोनिक्ससँगको साझेदारीमा नेपाली बजारलाई लक्षित गर्दै आफ्नो नवीनतम 'डुअलकुल इन्भर्टर रेसिडेन्सियल एयर कन्डिसनर' (आरएसी) शृङ्खला औपचारिक रूपमा सार्वजनिक गरेको छ । मे २६, २०२६ का दिन काठमाडौँस्थित होटेल भिभान्तामा आयोजित एक विशेष कार्यक्रमका बीच चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उक्त नयाँ एयर कन्डिसनरहरूको अनावरण गरेका हुन्।
'किलोवाट म्यानेजर'मार्फत विद्युत् बिलमा स्मार्ट नियन्त्रण यस नयाँ एसीको मुख्य आकर्षण 'किलोवाट म्यानेजर' नामक स्मार्ट विद्युत् व्यवस्थापन प्रविधि हो। बढ्दो ऊर्जा लागतको चिन्तालाई मध्यनजर गर्दै ल्याइएको यस सुविधाले उपभोक्तालाई आफ्नो विद्युत् खपतको सीमा र सञ्चालन अवधि आफैँ निर्धारण गर्ने अवसर दिन्छ।
'एलजी थिनक्यु' कनेक्टिभिटीमार्फत उपभोक्ताले 'रियल-टाइम' विद्युत् खपतको अनुगमन गर्न तथा असामान्य वा अत्यधिक विद्युत् उपयोग भएको खण्डमा मोबाइलमै सूचना प्राप्त गर्न सक्नेछन्। यस स्मार्ट प्रणालीले उपभोक्ताले तोकेको विद्युत् उपयोग सीमाभित्रै रहेर एसीको कार्यक्षमतालाई बुद्धिमत्तापूर्वक समायोजन गर्ने हुँदा अनपेक्षित रूपमा विद्युत् बिल बढ्ने चिन्ताबाट छुटकारा मिल्ने कम्पनीको दाबी छ।
७०% ऊर्जा बचत र स्वच्छ हावाका लागि 'फ्रिज क्लिन' नयाँ डुअलकुल एसीमा जडान गरिएको 'डुअल इन्भर्टर कम्प्रेसर'ले ७० प्रतिशतसम्म ऊर्जा बचत गर्नुका साथै ४० प्रतिशत छिटो कोठा चिसो बनाउने क्षमता राख्दछ। साथै, भित्री वायु स्वच्छतालाई ध्यानमा राख्दै यसमा 'फ्रिज क्लिन'प्रविधि समावेश गरिएको छ।
यस प्रविधिले इभापोरेटरमा जम्मा भएका धुलो तथा अशुद्धिहरूलाई बरफको तह बनाएर पगाल्दै ड्रेनेजमार्फत बाहिर निकाल्छ । प्रयोगशाला परीक्षणअनुसार यस सुविधाले इभापोरेटरमा रहेका अवशिष्ट ब्याक्टेरिया (स्यूडोमोनास एरुगिनोसा) मध्ये ९९.० प्रतिशतसम्म नष्ट गरी कोठामा स्वच्छ हावाको प्रवाह सुनिश्चित गर्दछ।
नेपाली वातावरण अनुकूल डिजाइन र टिकाउपन नेपाली वातावरण र विद्युत् आपूर्तिको अवस्थालाई ध्यानमा राख्दै यसमा विशेष सुरक्षायुक्त सुविधाहरू थपिएका छन्। 'कनभर्टिबल ५-इन-१ मोड', अतिरिक्त सुरक्षा प्रदान गर्ने 'गोल्ड फिन एन्टि-कोरोसन कोटिङ', लामो समयसम्म टिक्न १०० प्रतिशत कपर ट्युब, र भोल्टेज उतारचढावका बीच पनि निरन्तर भरपर्दो सञ्चालन सुनिश्चित गर्ने 'स्टेबलाइजर-फ्री अपरेसन' यसका थप विशेषता हुन्।
कार्यक्रममा बोल्दै सीजी इलेकट्रोनिक्सको मार्केटिङ विभागका महाप्रबन्धक गौरव हमालले भने, "ऊर्जा दक्षता नेपाली घरपरिवारको प्राथमिकता बन्दै गएको अवस्थामा एलजीको नयाँ 'किलोवाट म्यानेजर' प्रविधिले उपभोक्तालाई विद्युत् खपत र घरेलु खर्चमा प्रभावकारी नियन्त्रण प्रदान गर्नेछ। यो नवप्रवर्तनले उपभोक्तालाई अर्थपूर्ण लाभ प्रदान गर्ने हाम्रो विश्वास छ।"
सीजी कर्प ग्लोबलअन्तर्गतको कम्पनी सीजी इलेकट्रोनिक्स चार दशकभन्दा बढी समयदेखि नेपालमा एलजीका उत्पादनहरूको एक मात्र आधिकारिक वितरक रहँदै आएको छ। यस नवप्रवर्तनले नेपालमा विश्वसनीय तथा आधुनिक घरेलु उपकरण उपलब्ध गराउने कम्पनीको यात्रामा अर्को महत्त्वपूर्ण इँटा थपेको छ।