दक्षिण एसिया क्षेत्रीय एकीकरण र सहयोग अभिवृद्धि सेमिनार काठमाडौँमा
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १३ बुधबार
417
Shares
काठमाडौँ । नेपालस्थित गणतन्त्र कोरियाली दूतावास र नेपाल सरकार परराष्ट्र मन्त्रालयको संयुक्त आयोजनामा “दक्षिण एसिया क्षेत्रीय एकीकरण र सहयोग अभिवृद्धि सेमिनार” भव्य रुपमा समापन भएको छ।
मंगलबार काठमाडौँको होटल क्राउन इम्पेरियलमा सेमिनार भएको हो । दक्षिण एसियाली क्षेत्र, मानवीय क्षमता र समृद्धि पथमा लम्किएको सांस्कृतिक रुपमा भरिपूर्ण क्षेत्र हो। विश्वको लगभग एक चौथाई जनसंख्याको घर, यस क्षेत्रमा युवा जनसंख्या, विस्तारित बजार र क्षेत्रीय आदानप्रदानको लामो समयदेखिको परम्परागत रुपमा संचालित समावेशी विकासको लागि विशाल धरोहरको रुपमा परिचित छ। पारस्परिक सम्मान र साझा प्राथमिकतामा आधारित सम्पर्कलाई मजभूत बनाउँदै आपसी सहयोगलाई सुदृढ गरी दक्षिण एसियाले आफ्नो सामूहिक शक्तिलाई अझ बढी उपयोग गर्न र थप एकीकृतहुँदै गतिशील क्षेत्रीय शक्तिका रुपमा स्थापित हुँदै गएको छ।
दक्षिण एसियाली क्षेत्रमा ऊर्जा, यातायात र दिगो विकास सम्बन्धमा बढ्दै गएको सहकार्यले सामाजिक रुपमा जीविकोपार्जन सुधार गर्नुका साथै सम्पूर्ण क्षेत्रमा सन्तुलित विकासलाई प्रवर्द्धन गर्न अर्थपूर्ण अवसरहरू प्रदान गर्ने क्षमता राख्दछ। द्रुत गतिमा भैरहेको विश्वव्यापी परिवर्तनको परिपेक्षमा , नजिकको क्षेत्रीय साझेदारीले नवप्रवर्तन र ज्ञान साझेदारीलाई प्रोत्साहन गर्दै थप लचिलो र विविध आर्थिक सञ्जालको उपभोग गर्न सक्षम हुने छ।
यसै पृष्ठभूमिमा, आयोजना भएको यस सेमिनारले रचनात्मक संवादको लागि उपयुक्त मञ्च प्रदान गरेर क्षेत्रीय सहयोगलाई सुदृढ गर्न र साझा समृद्धितर्फको मार्गतर्फ उन्मुख हुन व्यावहारिक, अग्रगामी दृष्टिकोण अन्वेषण गर्न सरोकारवालालाई एकै स्थानमा उभ्याएको छ।
यस सेमिनारमा नीति निर्माता तह, क्षेत्रिय विज्ञताका साथै सरोकारवालालाई दक्षिण एसियाको क्षेत्रीय एकीकरण र सहयोग प्रवर्द्धन गर्ने बारे गहन छलफल गर्ने अवसर प्रदान गरेको छ। यस सेमिनारको उद्धेश्य दक्षिण एसियामा क्षेत्रीय सहयोगका सन्दर्भमा संस्थागत, राजनीतिक र आर्थिक चुनौतीहरू पहिचान गर्न र यीनै मुद्दाहरूमा सहभागी विज्ञहरूबाट विविध दृष्टिकोण बनाउन मद्दत गर्यो।
सेमिनार दुई फरक भागहरूमा सञ्लालन भएको थियो। पहिलो सत्रमा दक्षिण एसियामा क्षेत्रीय एकीकरणको परिचय गर्दै मूल्याङ्कनमा केन्द्रित रहेको थियो र दोस्रो सत्रमा दक्षिण एसियामा क्षेत्रीय एकीकरण विस्तार गर्न नीतिगत धारणाहरुमा केन्द्रितहुनुका साथै मध्यम शक्तिसँगको सहकार्यमा केन्द्रित रहेको थियो।
त्यसैगरी सेमिनारले व्यापार, लगानी र विकास सहयोग मार्फत दक्षिण एसियामा क्षेत्रीय सहयोगको सुदृढीकरणलाई समर्थन गर्न गणतन्त्र कोरिया सरकार सहित बाह्य साझेदारहरूको भूमिका र सम्भावित योगदानको बारेमा थप चर्चा भएको थियो।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संघ (सार्क) मा गणतन्त्र कोरिया सन् २००६ बाट आधिकारिक रूपमा पर्यवेक्षक देशको रूपमा भाग लिइरहेको छ । नौ ओटा सार्क पर्यवेक्षक राष्ट्रमध्ये एक कोरियाले दक्षिण एसियाली राष्ट्रहरूसँग सक्रिय रूपमा सदस्य राष्ट्रहरूद्वारा परिभाषित प्राथमिकता क्षेत्रहरूमा काम गर्दै आएको छ।
साझेदारी कार्यक्रम मध्ये ऊर्जा, कनेक्टिभिटी, आपूर्ति शृङ्खला तथा आर्थिक सहयोग समावेश रहेका छन्। कोरियाले आपूर्ति शृङ्खला विविधीकरण, व्यापार विस्तार र यातायात पूर्वाधार एकीकृत गर्ने कुरामा केन्द्रितहुँदै सार्क राष्ट्रहरूसँग हरेक वर्ष कार्यशाला आयोजना गर्दै व्यावहारिक साझेदारीलाई निरन्तरता दिँदै आएको छ।
सेमिनारमा नेपाल सरकार परराष्ट्र सचिव श्री अमृत बहादुर राई, नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क थेयङ सार्कका महासचिवको प्रतिनिधित्व गर्दै आर्थिक, व्यापार र वित्त निर्दैशकले मन्तव्य प्रस्तुत गरेका थिए ।
एनआईआईसीई, आईआईडीएस,टीयू, केयू र सार्कका तर्फबाट एक एक जना विज्ञ (पाँच जना) ले दक्षिण एसियाली सहयोगको क्षेत्रीय संलग्नताका विभिन्न स्तम्भहरूमा केन्द्रित रहेर प्रस्तुति दिएका थिए ।
कार्यक्रममा नेपाल सरकारका उच्च अधिकारी, कूटनीतिक नियोग, प्रतिष्ठित मिडिया, सर्वसाधारण सहित १०० जना भन्दा बढी सहभागीता रहेको थियो।