arrow

तोलामा १९ सयले बढ्यो सुन, चाँदी पनि महँगियो

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ११ सोमबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँले बढेको छ।

मूल्य वृद्धि भएसँगै आज छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको थियो।

यसैगरी, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार १० रुपैयाँ कायम भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ