arrow

सुनचाँदीकाे मूल्यमा भारी गिरावट

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ६ बुधबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा तीन हजार तीन सय र चाँदीको एक सय २५ रुपैयाँ घटेको हो । 

मूल्य घटेसँगै बुधबार छापावाला सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

यसअघि मंगलबार सुनको भाउ प्रतितोला दुई लाख ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । 

यता, मंगलबार प्रतितोला पाँच हजार ८५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बुधबार घटेर चार हजार नौ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ