arrow

 घट्यो सुनचाँदीको मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १२ मंगलबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । मंगलबार सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९१ हजार ५०० रुपैयाँ कायम छ । सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि मंगलबार तोलामा ९० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला पाँच हजार ६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । 

सोमबार चाँदी प्रतितोला पाँच हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ