arrow

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक+डेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वास्थ्यकर जुस

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १० आइतबार
cg-black+decker-juice-fresh-may-2026.jpg

काठमाडौँ। बढ्दो तापक्रम र प्रि-मनसुनको उकुसमुकुसले गर्दा अहिले दैनिक कामकाज गर्न र बाहिर निस्कन निकै असहज भइरहेको छ। यस्तो अत्यधिक गर्मीमा शरीरलाई डिहाइड्रेसनबाट बचाउन र ऊर्जावान् राख्न ताजा झोलिलो पदार्थको निरन्तर आवश्यकता पर्छ। यही मौसमी आवश्यकता र उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै, सिजी इलेकट्रोनिक्स अन्तर्गतको विश्वविख्यात ब्रान्ड ब्ल्याक+डेकरले अत्याधुनिक जुस एक्स्ट्र्याक्टर र ब्लेन्डरहरू बजारमा ल्याएको छ।

गर्मी छल्न बजारका कृत्रिम र अत्यधिक चिनीयुक्त पेय पदार्थ पिउनुभन्दा आफ्नै भान्सामा तयार पारिएको ताजा जुस सधैँ स्वास्थ्य वर्द्धक हुन्छ। ग्राहकको यही दैनिक आवश्यकतालाई सहज र छिटो बनाउन ब्ल्याक+डेकरले यी प्रिमियम उपकरणहरू डिजाइन गरेको हो।

तपाईँको समय र स्वास्थ्यका लागि उपयोगी विशेषताहरू:

  • समयको बचत र सहज जुस : यस प्रिमियम जुसरमा ८०० वाटको शक्तिशाली मोटर जडान गरिएको छ। यसमा रहेको ७५ एमएमको ठूलो फिडिङ ट्युबले गर्दा फलफूललाई स-साना टुक्रा नपारी सिङ्गै राखेर जुस निकाल्न मिल्छ, जसले भान्साको काम निकै छिटो र सहज बनाउँछ।
  • एक्टिभ लाइफस्टाइलका लागि: ३०० वाटको यो पर्सनल स्पोर्ट्स ब्लेन्डर विशेष गरी फिटनेस रुचाउने र व्यस्त जीवनशैली हुनेहरूका लागि हो। यसमा रहेको ५०० एमएलको ट्राइटन बोटलमै स्मुदी बनाएर सिधै अफिस वा जिम लैजान सकिन्छ।
  • परिवारका लागि उपयुक्त : ७०० वाटको हाई-स्पिड मोटर र १.७ लिटरको सुरक्षित ग्लास जार भएको यो ब्लेन्डरले एक पटकमा पूरै परिवारका लागि चिसो पेय तयार गर्छ।

बजार उपलब्धता र भरोसा
नेपाली इलेकट्रोनिक्स बजारमा ४० वर्षभन्दा बढी समयदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएको सिजी इलेकट्रोनिक्सले देशभरका २८ वटा अत्याधुनिक सिजी डिजिटल  र एलजी ब्रान्ड शप शोरुमहरू, विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइन cgdigital.com.np मार्फत यी उपकरणहरू सुलभ तरिकाले उपलब्ध गराएको छ।

ब्ल्याक+डेकरका यी उत्पादनहरूमा २४ महिना (२ वर्ष) को विस्तृत वारेन्टी रहेको छ। सिजी इलेकट्रोनिक्सको देशव्यापी सर्भिस नेटवर्कले बिक्री पछिको उत्कृष्ट सेवा सुनिश्चित गर्दछ। बढ्दो गर्मीमा प्रशस्त पानी र ताजा जुस पिउनुका साथै आवश्यक स्वास्थ्य सतर्कता अपनाउन सिजी इलेकट्रोनिक्स सम्पूर्ण उपभोक्तालाई अनुरोध गर्दछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ