arrow

अदालतमा बाह्य हस्तक्षेप हुन नदिन प्रधानन्यायाधीश शर्मालाई बारको आग्रह 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ९ शनिबार
chief-justice-manojkumar-sharma-83.jpg

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासमक्ष नेपाल बार एशोसियशनले ३९ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । बारका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रसहित टोलीले शुक्रबार प्रधान न्यायाधीश डा शर्मासमक्ष अदालतमा बाह्य हस्तक्षेप हुन नदिन आग्रह गरेको हो । 

भेटमा बारका अध्यक्ष तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले अदालत सुधारका लागि बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गरेको छ । 

बारले दर्ता हुन आएका निवेदनहरू सोही दिन वा भोलिपल्टसम्ममा दर्ता वा दरपिठ अनिवार्य गर्नुपर्ने व्यवस्था मिलाउन बारले माग गरेको छ । 

ध्यानाकर्षण पत्रमा दरपिठ भएको निवेदन उपर सात दिनभित्रमा सुनुवाइको व्यवस्था गर्न आग्रह गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ