arrow

राष्ट्रिय सभा

हाम्रो देशका प्रधानमन्त्रीलाई बोल्ने पनि फुर्सद छैन - कांग्रेस मुख्य सचेतक [भिडियो]

क्यान्सरको औषधि आपूर्ति गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ८ शुक्रबार
krishna-rokaya.jpg

काठमाडौँ । नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभाका मुख्य सचेतक कृष्णबहादुर रोकायले सङ्घीय संसद्का प्रतिनिधि सभा र राष्ट्रिय सभामा निरन्तर खोजी भइरहँदा पनि प्रधानमन्त्री वालेन्द्र साह मौन बसेको भन्दै आपत्ति जनाएका छन्।

शुक्रबार बसेका राष्ट्रिय सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै मुख्य सचेतक रोकायले प्रधानमन्त्री साहको कार्यशैलीप्रति तिखो कटाक्ष गरे। संसद्ले लगातार प्रधानमन्त्रीको उपस्थिति र जवाफ माग गरिरहेका बेला उनी चुपचाप रहनु गैरजिम्मेवारीपन भएको रोकायको तर्क थियो।

“हाम्रो देशका सम्माननीय प्रधानमन्त्रीज्यूलाई बोल्ने पनि फुर्सद छैन। उहाँले नबोलेर नै देशलाई चमत्कारिक रूपमा बदल्ने अठोट गर्नुभएको छ, जसको परिणाम संसद्ले प्रधानमन्त्री खोजिरहेको छ। तर प्रधानमन्त्री व्यस्त हुनुहुन्छ, चुपचाप हुनुहुन्छ।”

बैठकमा मुख्य सचेतक रोकायले राजनीतिक विषयबाहेक देशको संवेदनशील स्वास्थ्य समस्याप्रति पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए। हाल देशभरिका अस्पतालहरूमा क्यान्सर उपचारका लागि अत्यावश्यक औषधिहरूको चरम अभाव भइरहेको उल्लेख गर्दै उनले बिरामीहरूको जीवन रक्षाका लागि सरकारसँग जोडदार माग गरे।

"म सम्माननीय अध्यक्षज्यूमार्फत क्यान्सरको अति आवश्यक औषधिको आपूर्ति गरी देशभरका क्यान्सरका बिरामीहरूको जीवन रक्षाका लागि नेपाल सरकारसँग जोडदार माग गर्दछु," रोकायले बैठकमा भने। उनले औषधि अभावका कारण नागरिकले अकालमा ज्यान गुमाउनुपर्ने स्थिति आउन नदिन तत्काल विशेष कदम चाल्न सरकारलाई सचेत गराए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ