केएमसीको निःशुल्क स्वास्थ्य शिविर भक्तपुरमा, चार सयको उपचार
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ५ मंगलबार
584
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले भक्तपुरको कमलविनायकमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।
केएमसीको प्राविधिक सहयोगमा रोम्बस सेकेन्डरी स्कूलको आयोजनामा भक्तपुर नगरपालिका १० कमलविनायकमा स्वास्थ्य शिविर भएको हो ।
शिविरमा ४०१ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । जसमा ३०५ जना विद्यार्थी र ९६ जना अभिभावक हुन् ।
शिविरमा ६८ जनाको ल्याब परीक्षण, ७० जनाको भिडियो एक्सरे, २९ जनाको ईसीजी गरिएको थियो । १३ जनाको दाँत खोलिएको थियो भने १५ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ ।
डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने भक्तपुरको दुवाकोटमा केएमसीको युनिट २ विस्तार गरिएको छ । ती अस्पतालबाट सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर हुँदै आएको छ ।