arrow

सीजी नेटले थाल्यो वाई-फाई सिक्समा आधारित उच्च गतिको इन्टरनेट सेवा, ९० दिनसम्म फुल रिफन्ड अफर

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ५ मंगलबार
cg-net-nirvana.jpg
तस्बिर : फाइल

काठमाडौँ । इन्टरनेट सेवाप्रदायक कम्पनी सीजी नेटले वाई-फाई सिक्स प्रविधिमा आधारित नयाँ पुस्ताको इन्टरनेट सेवा सार्वजनिक गरेको छ । 

ग्राहकलाई अझ तीव्र, भरपर्दो र सहज इन्टरनेट अनुभव प्रदान गर्ने उद्देश्यले कम्पनीले यो सेवा शुरू गरेको हो । कम्पनीका अनुसार वाई-फाई सिक्स प्रविधिमार्फत प्रयोगकर्ताले उच्च गति, न्यून लेटेन्सी तथा एकैपटक धेरै डिभाइसहरू सहज रूपमा जडान गर्न सक्ने सुविधा प्राप्त गर्नेछन् । 

पछिल्लो समय भिडियो स्ट्रिमिङ, अनलाइन गेमिङ, वर्क फ्रम होम तथा स्मार्ट होम डिभाइसहरूको प्रयोग बढ्दै गइरहेको सन्दर्भमा यस्तो प्रविधिले बढ्दो इन्टरनेट मागलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने विश्वास कम्पनीले लिएको छ ।

प्राविधिक रूपमा वाई-फाई सिक्समार्फत अधिकतम ९.६ जीबीपीएससम्मको गति प्राप्त गर्न सकिने बताइएको छ, जुन वाई-फाई फाइभको तुलनामा करिब ४.५ गुणा बढी ब्यान्डविथ हो । 

साथै यस प्रविधिमा लेटेन्सी करिब २० मिलिसेकेन्डसम्म सीमित हुने भएकाले भिडियो कल वा अनलाइन गेमिङका क्रममा ल्याग हुने समस्या न्यून हुने कम्पनीको दाबी छ । एकैपटक १२८ वटासम्म डिभाइस सपोर्ट गर्न सक्ने भएकाले धेरै प्रयोगकर्ता हुँदा पनि इन्टरनेटको गुणस्तर स्थिर रहनेछ ।

नेटवर्क क्षमतामा सुधार ल्याउन यसमा ओएफडीएमए, १०२४-क्यूएएम  तथा ८x८ एमयू-एमआईएमओ जस्ता आधुनिक प्रविधिहरू समावेश गरिएको कम्पनीले जनाएको छ ।

नयाँ प्रविधिसँगै कम्पनीले विभिन्न प्याकेजहरू पनि सार्वजनिक गरेको छ । जसअनुसार इन्टरनेट मात्रको वार्षिक शुल्क रु. १४,४९९ तोकिएको छ भने मेस राउटरसहितको प्याकेज रु. १७,१३० मा उपलब्ध हुनेछ ।

 त्यसैगरी, आईपीटीभी सहितको प्याकेज रु. १६,२७६ तथा आईपीटीभी र मेस राउटर दुवै समावेश भएको प्याकेज रु. १८,९०७ मा पाइनेछ ।

साथै, कम्पनीले नयाँ ग्राहकलाई लक्षित गर्दै ४०० एमबीपीएस गतिको इन्टरनेट सेवामा ९० दिनसम्म फुल रिफन्ड अफरसमेत ल्याएको छ । 

यस अफरअन्तर्गत ग्राहकले सेवा प्रयोग गरी सन्तुष्ट नभएमा ९० दिनभित्र पूर्ण रकम फिर्ता पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ