arrow

ओली निवास गुण्डुमा एमाले सचिवालय बैठक बस्दै

नेताहरूको कार्यविभाजन र पालिका इन्चार्ज तोक्ने मुख्य एजेन्डा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ४ सोमबार
kp-sharma-oli-uml-12-12.jpg
तस्बिर फाइल

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालयको  बैठक आज बस्दैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा दिउँसो १:०० बजे बैठक बोलाइएको छ। आजको बैठकमा पार्टी नेताहरूको कार्यविभाजन मुख्य एजेन्डा रहेको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्मराज अधिकारीले जानकारी दिएका छन्।

यसअघि यही जेठ २ गते बस्ने तय भएको बैठक आवश्यक तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो। पार्टीको ११औँ महाधिवेशन सम्पन्न भएपछि नेताहरूको कार्यविभाजन हुन बाँकी रहेकाले आजको बैठक मुख्य रूपमा यसमै केन्द्रित हुने नेताहरूले बताएका छन्।

एमालेका एक पदाधिकारीका अनुसार यस पटक केन्द्रीय सदस्यहरूलाई सिधै स्थानीय तह अर्थात् पालिका स्तरकै जिम्मेवारी दिएर कार्यक्षेत्रमा खटाउने तयारी गरिएको छ। जसअनुसार हरेक केन्द्रीय सदस्यलाई कुनै न कुनै पालिकाको इन्चार्ज बनाएर पठाइनेछ र आउँदो स्थानीय तहको निर्वाचनमा पार्टीलाई वैचारिक तथा सङ्गठनात्मक रूपमा बलियो बनाउने विशेष निर्देशन दिइनेछ। यसका साथै पार्टीका विभिन्न केन्द्रीय विभाग तथा अन्य निकायहरूमा पनि जिम्मेवारी बाँडफाँटको गृहकार्य पूरा गरी आजै त्यसलाई अन्तिम रूप दिइनेछ।

आज बस्ने सचिवालय बैठकले गत फागुन २१ गते सम्पन्न भएको राष्ट्रिय सभा/उपनिर्वाचनको समीक्षा गर्नका लागि केन्द्रीय कमिटीको आगामी बैठकको मिति समेत तय गर्ने जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ