arrow

रामकृष्ण श्रेष्ठ दक्षिण एसियाली भारोत्तोलन महासंघको महासचिवमा निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १ शुक्रबार
ramkrishna-shrestha-weightlifting.jpg

काठमाडौँ । नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ दक्षिण एसियाली भारोत्तोलन महासंघका महासचिवमा निर्वाचत भएका छन् । श्रेष्ठ नेपाल ओलम्पिक कमिटी (एनओसी)का पनि सचिव हुन् ।
 
भारतको गुजरातस्थित गान्धीनगरमा भएको एसियन भारोत्तोलन महासंघको साधारण सभाले श्रेष्ठलाई दक्षिण एसियाली भारोत्तोलन महासंघका महासचिवमा चयन गरेको हो । 

सो साधारण सभाबाट भारतका डा. सहदेव यादव अध्यक्ष चुनिए । उनी भारत भारोत्तोलन महासंघका अध्यक्ष हुन् । यसैगरी माल्दिभ्सका इब्राहिम हामिद प्रथम उपाध्यक्ष र श्रीलङ्काका सन्का रत्नायकेले उपाध्यक्षको जिम्मेवारी पाए ।

दक्षिण एसियाली भारोत्तोलन महासंघको महासचिवमा चयन भएपछि श्रेष्ठले आफूले पाएको यो जिम्मेवारीलाई नेपाली भारोत्तोलनको विकासमा प्रयोग गर्ने बताए ।

‘नेपाली भारोत्तोलनका लागि धेरैभन्दा धेरै एक्सपोजरको खोजी गर्नेछु । अहिलेका लागि दोस्रो दक्षिण एसियाली भारोत्तोलन प्रतियोगता नेपालमा आयोजनाको दाबी गरेको छु । जसमा सबै सहमत पनि भएका छन्’ उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ