काठमाडौँ । राष्ट्रिय किक बक्सिङ संघ नेपालको आयोजनामा आठौँ राष्ट्रिय किक बक्सिङ प्रतियोगिता असारमा हुने भएको छ ।
प्रतियोगिता असार १० देखि १३ गतेसम्म काठमाडौँ महानगरापलिका वडा २९ मा हुनेछ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले प्रतियोगिताको पोस्टर बिहीबार सार्वजनिक गरे ।
प्रतियोगितामा एमेच्योरतर्फ ७ विधामा प्रतिस्पर्धा हुनेछ । यसअन्तर्गत विभिन्न स्पर्धामा खेल हुनेछ । उक्त प्रतियोगितापछि असार १४ गते संघकै आयोजनामा मंगलादेवी प्रोफेसनल के वान फाइट हुनेछ ।
पुरुषको चौथो तथा महिलाको तेश्रो संस्करण हुन लागेको हो । पुरुष–महिला दुवैमा समान २–२ खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।
पुरुषको विजेताले १० लाख नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । आयोजकका अनुसार महिलामा पनि नगद पुरस्कार रहेको छ ।