बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्री बालेन [तस्बिरहरू]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
621
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । लामो समयदेखि चर्चामा प्रधानमन्त्री वालेन्द्र साह बालेन रहेका छन् । ०७९ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर भएदेखि बालेन चर्चामा छन् ।
अहिले त उनी प्रधानमन्त्री नै छन् । तर अहिलेसम्म प्रधानमन्त्री भएपछि एक पटक पनि जनताका नाममा सम्बोधन गरेका छैनन् । उनी नबोलेकै कारण सडकदेखि संसदमा चर्चा छ ।
बुधबार उनी संसदमा नपुगेर विरोध भयो । उनले सम्बोधन गर्नुपर्ने माग गर्दै प्रतिपक्ष दलहरूले संसद नै अवरुद्ध गरे । बिहीबार के हुन्छ थाहा छैन ।
त्यस्तै सडक पनि तातेको छ । 'बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीको नियत तथा गैरजिम्मेवार प्रवृत्तिका विरुद्ध' भन्दै बुधबार माइतीघर मण्डलामा पम्प्लेटसहित प्रदर्शन भएको छ ।
सहभागीहरुले मुखमा कालो टेप लगाएर बालेनको प्रतीकात्मक प्रस्तुति गरेका थिए ।