arrow
ADVERTISEMENT

पत्रकारहरू उत्रे सडकमा, सबै जिल्लामा एकै समयमा धर्ना [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २७ बुधबार
journalist-protest-83-2-27 (4).jpg

काठमाडौँ । नेपाल पत्रकार महासंघ आन्दोलित भएको छ । महासंघले आज सबै जिल्लामा धर्ना दिएको महासंघका महासचिव रामप्रसाद दाहालले जनाएका छन् । 

उनले सरकारको सूचना र विज्ञापन सम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजीका लागि महासंघ आन्दोलित भएको जनाएका छन् । 

प्रेसको संवैधानिक हकको रक्षाका साथै संसदबाटै सर्वपक्षीय कार्यदल गठन गरी संविधान संशोधनको पहल र निर्वाध सूचना उपभोगको सुनिश्चितताका लागि भन्दैमहासंघ आन्दोलित भएको हो । 

सो क्रममा पत्रकार महासंघको काठमाडौँ जिल्ला शाखाले बबरमहलको सडक विभाग अगाडि धर्ना दियो । 

जिल्ला प्रशासन कार्यालय अगाडि निषेधाज्ञा भएकाले निषेधाज्ञा नतोड्ने गरी सडक विभाग अगाडि शान्तिपूर्वक धर्ना कार्यक्रम भएको हो । 

महासंघले बिहान ११ देखि १२ बजेसम्म एक घण्टा ७७ ओटै जिल्लामा धर्ना गरेको महासचिव दाहालले बताए । 

journalist-protest-83-2-27 (2).jpeg
journalist-protest-83-2-27 (3).jpeg
journalist-protest-83-2-27 (4).jpeg
journalist-protest-83-2-27 (5).jpeg
journalist-protest-83-2-27 (6).jpeg
journalist-protest-83-2-27 (7).jpeg
journalist-protest-83-2-27 (8).jpeg
journalist-protest-83-2-27 (9).jpeg
journalist-protest-83-2-27 (10).jpeg
journalist-protest-83-2-27 (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ