वीर अस्पतालका समस्या समाधान गर्न स्वास्थ्यमन्त्रीलाई आग्रह
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २६ शनिबार
628
Shares
काठमाडौँ । वीर अस्पतालका समस्या स्वास्थ्य मन्त्री निशा मेहतालाई ध्यानाकर्षण गराइएको छ । विपद् व्यवस्थापन, उद्धार, राहत वितरण, मानव सेवा तथा निःशुल्क शिक्षा सेवामा सक्रिय “हन्ड्रेड ग्रुप्स” का उपाध्यक्ष विक्रम ओलीको समूहले वीर अस्पतालका समस्या समाधानका लागि स्वास्थ्य मन्त्री मेहता तथा स्वास्थ्य सचिव डा विकास देवकोटासँग भेटेर ध्यानाकर्षण गराएका हुन् ।
उनीहरूले सेवाग्राहीहरूले भोगिरहेका समस्या, आम सञ्चार माध्यममा र आफूहरुमा आएका प्रतिक्रिया, अस्पताल भित्रको विगतका कुशासन, नर्सिङ कर्मचारी लगायत माथिको माथि हुकुमी प्रवृत्ति, पारदर्शिता, गुणस्तरीय सेवासम्बन्धी चुनौती तथा अनियमितता नियन्त्रणका विषयमा ध्यानाकर्षण गराउँदै सेवाग्राहीहरूको पीडा र निम्नवर्गीय कर्मचारीहरूको गुनासोलाई समेटी समस्या समाधानका लागि आग्रह गरेका छन् ।
ग्रुपले वीर अस्पताल प्रमुखलाई अस्पताल परिसर सरसफाइ, सेवाग्राहीलाई सवारी पार्किङ, शुद्ध खानेपानी, शौचालय, टिकट काउन्टर, बिल काउन्टर थप्न, आकस्मिक कक्षको शैया थप्न, ओपीडी तथ इमर्जेन्सीमा वरिष्ठ चिकित्सकको उपस्थिति, आईसीयू शैया विस्तार, आईसीयू बेड खाली हुँदा नै खाली छैन भनी कमिसनको लागि निजी अस्पताल रिफर गर्न, अपरेसन, भिडियो एक्सरे, एमआरआई जाँचको मिति छिटो दिन, फार्मेसीमा बीमा लगायतको सबै औषधि राख्न, सुशासन कायम राख्न, हाजिर, पोशाक ,बिमा स्वास्थ्य सेवा सुधार, कर्मचारीलाई सेवा सुबिधा ग्यारेन्टी, सिटी, ल्याब, फार्मेसी सहज रूपमा सञ्चालन कुनै सनकग्रस्त प्रवृत्तिका प्रशासकको लहडमा नरोकिने सुनिश्चितता, कर्मचारीलाई पद /सेवा/तह अनुसार कामकाज खटाउन पनि माग गरेको छ र अस्पताललाई सुधार गर्न निर्देशन दिन हुन ध्यानाकर्षण गरेको छ ।
वीर अस्पतालमा लामो समयदेखि समूह बनाई राजनीतिक गतिविधि गर्ने, विगतमा खरीद र स्टोरमा भएको अनियमिततामाथि राज्यमा विभिन्न निकायले दिएको निर्देशन अनुसार कारबाही, विगतमै प्रशासनलाई दबाब दिई आफन्तलाई जागिरमा नियुक्ति दिलाउने,अस्पतालमा आर्थिक अनियमितता गर्ने, मेडिकल माफियासँग सेटिङमा खरिद बिक्री गर्न, उनीहरूको अनियमितता बारेमा आवाज उठाउनेलाई पाखुराको बल देखाई कर्मचारी धम्काउने, संस्था सुधार हुन नदिने पात्रहरू / कर्मचारीहरूलाई तत्कालै सरुवा तथा कारबाही गर्नुपर्ने पनि माग गरेको छ ।
नियमअनुसार कम रेटमा ठेक्का पाई उपकरणलगायत मेडिकल/सर्जिकल समान उपलब्ध गराइ समान प्रयोग भसक्दा पनि बहाना बनाई भुक्तानी रोक्ने विभिन्न दुःख दिनेलाई कारबाही माग गरेको छ भने विगतमा अस्पताल अगाडि सञ्चालन भई करोडौँ भाडा नदिनेहरूको तत्कालै भाडा उठाउन पनि माग गरेको छ ।