arrow

वीर अस्पतालकी नर्सिङ निर्देशक श्रेष्ठमाथि  कारबाहीको माग 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ८ आइतबार
sangita-shrestha-bir-hospit.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । वीर अस्पतालकी नर्सिङ प्रमुख संगीता श्रेष्ठमाथि कारबाहीको माग गर्दै उजुरी परेको छ । अनियमितता गरेको भन्दै अस्पतालमा रहेका कर्मचारीका विभिन्न संघ संस्थाले विरोध जनाउँदै उनीमाथि छानबिन र कारबाहीको माग गरेका हुन् । 

अस्पतालका कर्मचारीहरुले  उनीमाथि छानबिन र कारबाहीको माग गर्दै प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सचिव र सम्पत्ति शुद्धीकरण विभागमा निवेदनसमेत दिएका छन् । 

यसअघि पनि उनीमाथि उजुरी परेको थियो । 

उजुरीमा ११ औँ तहकी उनी २०७८ पुस १२ देखि अस्पतालमा नर्सिङ प्रशासन प्रमुख रहेको र सो क्रममा अस्पतालमा विभिन्न आर्थिक,  प्रशासनिक अनियमितता गरेको दाबी गरिएको छ । 

नर्स कर्मचारी भर्नामा प्रतिब्यक्ति ४-५ लाख रुपैंयाँ लेनदेन गरी नर्सिङ कर्मचारी नियुक्ति सिफारिस गर्ने गरेको,  निर्देशक र उपसचिवको निर्देशन अवज्ञा गर्ने गरेको,  सरसफाई  सम्बन्धी सामान आयातमा ब्यापारीसँग कमिसनको मिलेमतो गरी गुणस्तरहीन सामान मगाउने गरेको लगायतका आरोप लगाइएको छ । 

त्यस्तै सरसफाइ ठेकदार कम्पनी इन्फो-टेकसँग ठेक्का सम्झौता गर्दा रु १२ लाख कमिसन लिएर सहमति दिएको आरोपसमेत छ । 
यस्तो छ उनीमाथि कारबाही गर्न बुझाइएको पत्र-


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ