संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षणमा रास्वपा सांसदहरू [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २६ शनिबार
358
Shares
पाटन । सक्षम सांसद सशक्त संसद् भन्ने नाराका साथ सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको दुई दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण शनिबारदेखि शुरू भएको छ ।
ललितपुरको जावलाखेलमा शनिबार बिहान पौने १२ बजेदेखि शुरू भएको प्रशिक्षणमा पार्टीका उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले, महामन्त्रीद्वय कबिन्द्र बुर्लाकोटी र भूपदेव शाह,सहमहामन्त्री विपिन आचार्य लगायतका पार्टी पदाधिकारीसहित सांसदहरू सहभागी भएका छन् ।
वैशाख २६ र २७ गते सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रम तयअनुसार कार्यक्रम सञ्चालन भइरहेको छ ।
अधिकांश नयाँ अनुहार संसदमा पुगेका कारण भाषा, आनी, बानी र व्यवहार सुधार्न नसकेको भन्दै रास्वपाका सांसदहरूको चर्को आलोचना हुँदै आएको छ ।