arrow

केएमसीको निःशुल्क स्वास्थ्य शिविर चाबहिलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २६ शनिबार
kmc-83-1-26a.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काठमाडौँको चाबहिलमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । 

केएमसीको प्राविधिक सहयोगमा पशुपति माध्यमिक विद्यालयको आयोजनामा विद्यालय प्राङ्गणमा शिविर भएको हो । 

शिविरमा ४८९ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

शिविरमा ८५ जनाको ल्याब परीक्षण, ९८ जनाको भिडियो एक्सरे, ८२ जनाको ईसीजी गरिएको थियो । २२ जनाको दाँत खोलिएको थियो भने १७ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने भक्तपुरको दुवाकोटमा केएमसीको युनिट २ विस्तार गरिएको छ । ती अस्पतालबाट सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर हुँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ