arrow

चार दिनपछि बीपी राजमार्ग सञ्चालनमा, वर्षा भइरहँदा सावधानी अपनाउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २४ बिहिबार
bp-highway-sanchalan.jpg

रामेछाप । वर्षाका कारण रोशीखोलाले बगाएको डाइभर्सन मर्मतपछि अवरुद्ध रहेको बीपी राजमार्ग सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले सूचना जारी गर्दै राजमार्गमा हाल सवारीसाधन सञ्चालन भइरहेको जनाएको हो ।

यद्यपि यात्रु तथा चालकलाई लेन अनुशासन कायम गर्न, ट्राफिक नियम पालना गर्न र सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ । प्रहरीले सुरक्षासम्बन्धी सुझाव तथा निर्देशन अनिवार्य रूपमा पालना गर्न पनि अनुरोध गरेको छ ।

राजमार्गको अवस्थाबारे थप जानकारी आवश्यक परे १०० र १०३ नम्बरमा सम्पर्क गर्न सकिने जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

रोशीखोलामा आएको बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग चार दिनदेखि पूर्ण रूपमा अवरुद्ध बनेको थियो । राजमार्ग अवरुद्ध हुँदा पूर्वी नेपालबाट काठमाडौँ आउने तथा बाहिरिने सयौँ सवारीसाधन प्रभावित भएका थिए ।

वर्षा भइरहँदा थप सावधानी अपनाउनु पर्ने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ