arrow

गाल्पाको तेक्वान्दो रंगशाला अलपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २४ मंगलबार
rangashala-ramechhap.jpg

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका-७ गाल्पामा निर्माण शुरू गरिएको राष्ट्रिय स्तरको तेक्वान्दो रंगशालाको निर्माणकार्य अलपत्र परेको छ ।

राष्ट्रिय तेक्वान्दो आइटिएफ एकेडेमी सहित निर्माण गर्न लागिएको रंगशालाको निर्माणकार्य अलपत्र परेको हो ।

खाँडादेखि गाउँपालिकाको गाल्पा बजार नजिकै एक करोड ११ लाख रुपैँयाको लागतमा एकेडेमी भवन निर्माण भएको छ ।

केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त लगानीमा सो भवन निर्माण भएको हो ।

भवनमा चेन्जिङ रुम, बाथरुम, अफिस रुम सहित इनडोर गेमको हल रहेको छ ।

रामेछापको खाँडादेवी, दोरम्बा शैलुङ र सुनापाती गाउँपालिले प्रदेश सरकार र केन्द्र सरकारलाई गाल्पामा राष्ट्रिय एकेडेमी निर्माणका लागि संयुक्त प्रस्ताव पेस गरेका थिए ।

सोही प्रस्ताव अनुसार एकेडेमी भवन निर्माण भएको हो ।

भवनसँगै रंगशाला निर्माणको लागि खारिएको जमिन त्यतिकै छाडिएको छ ।

यो निर्माणकार्य वर्षौँदेखि अलपत्र अवस्थामा रहेको छ । एकेडेमी भवनको संरक्षण गर्ने समेत कुनै व्यवस्था छैन ।

एकातिर करोड रुपैँयाभन्दा बढीको संरचना अलपत्र परेको छ भने अर्कोतर्फ रंगलशाला निर्माणको काम पनि त्यतिकै रोकिएको छ । यसबाट राज्यको ठूलो लगानी खेर गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ