गुल्मी। गुल्मीको वामीमा रहेको रुद्रावती बहुमुखी क्यामपस विगत १० दिन देखी लगाइएको ताला खुलाएको छ । क्याम्पसमा स्वतन्त्र द्यिार्थी युनियनको निर्वाचनको प्रयोजनसँग सम्बन्धित गरी क्याम्पसमा फर्जी विद्यार्थीहरु भर्ना गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको थियो ।
हिजो बसेको क्याम्पस सञ्चालक समिति, क्याम्पस प्रशासन, विद्यार्थी संगठन र राजनीतिक दलका प्रतिनिधिहरु सहित बसेको बैठकले गाविस स्तरका राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र,राष्ट्रिय जनमोर्चा गरि चार दलका चार सदस्यीय प्रतिनिधिहरु रहने गरि छानविन समिति गठन गरेपछि अनेरास्ववियुका प्रतिनिधि केशव रानाले ताला खोलेका हुन् ।उक्त छानविन समितिले केहि दिन भित्र आफ्नो प्रतिवेदन पेश गर्ने जनाएको छ ।
यसरी क्याम्पसमा ताला खुलेपछि शुक्रवारबाट नियमित पढाइ पनि सुरु भएको छ । साथै ताला खुलेपनि स्ववियुको चुनाव भने हुन सकेन । विद्यार्थी संगठनहरु कुरा मिल्न नसक्दा र सहमति नहुदा स्ववियु चुनाव हुन सकिरहेको छैन ।नेविसंघ तथा अनेरास्ववियु दुबै विच पटक–पटक बार्ता र सहमति गर्न खोजिए पनि दुवै पक्षबाट सभापति सहित पदाधिकारीमा कुरा नमिल्दा स्ववियुको निर्वाचन पनि अन्यौलमा रहेको छ ।