arrow

एम्बुलेन्सबाट करिब डेढ सय किलो गाँजा बरामद

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २३ बुधबार
nepal-police12.jpg

काठमाडौँ । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडामा एम्बुलेन्सबाट १४८ किलो गाँजा बरामद भएको छ। 

गाँजा तस्करीमा संलग्न रहेको आरोपमा एम्बुलेन्स चालक र त्यसमा सवार दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेका अनुसार पक्राउ पर्नेहरूमा एम्बुलेन्स चालक बिहार सुपोलका १८ वर्षीय धर्मेन्द्रकुमार यादव र सोही स्थानका २१ वर्षीय मोहम्मद सदाम रहेका छन्। 

प्रहरीले अवैध गाँजासहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ