सर्वसाधारणका लागि खुल्यो टक्सार पिखुवा हाइड्रोपावरको आईपीओ
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २३ बुधबार
217
Shares
काठमाडौँ। टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ ।
कम्पनीले २५ लाख १५ हजार चार सय ५५ कित्ता साधारण शेयर सार्वजनिक गरेको हो ।
यसअघि आयोजना प्रभावित भोजपुरका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर बाँडफाँड गरिसकेको कम्पनीले अब सर्वसाधारणका लागि आवेदन खुला गरेको हो ।
लगानीकर्ताले न्यूनतम् १० कित्ता देखि अधिकतम् ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत दिन सकिनेछ ।
आईपीओमा छिटोमा वैशाख २८ गतेसम्म र ढिलोमा जेठ ६ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।