arrow

खुल्यो एभरेष्ट कलरको आईपीओ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १६ बुधबार
ipo-final.jpg

काठमाडौँ। एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बिक्री आवेदन खुला गरेको छ ।

कम्पनीले पहिलो चरणअन्तर्गत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ७९ हजार कित्ता सेयर निष्काशन गरेको जनाएको छ ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम सात हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखामार्फत सिआस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

यसैगरी, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

कम्पनीका अनुसार उक्त आईपीओ निष्काशन छिटोमा वैशाख २२ गते बन्द हुनेछ भने मागअनुसार आवेदन नपरेमा ढिलोमा वैशाख ३० गतेसम्म खुला रहनेछ ।

यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटलले लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ