arrow

खुल्यो सर्वोत्तम पेन्ट्सको आईपीओ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
ipo-final.jpg

काठमाडौँ। सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले पहिलो चरणअन्तर्गत आजदेखि आईपीओ निष्काशन गरेको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै ८५ हजार कित्ता साधारण शेयर सार्वजनिक गरेको हो ।

जारीपूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर आठ लाख ५० हजार कित्तामध्ये १० प्रतिशत शेयर उक्त समूहका लागि छुट्याइएको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित दर छ ।

यस आईपीओमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ भने आवश्यक परेमा जेठ ४ गतेसम्म समय थप हुनेछ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम पाँच हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आवेदन मेरो शेयरमार्फत सिआस्वा प्रणाली प्रयोग गरी दिन सकिनेछ ।

निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल छ। कम्पनीले पहिलो चरणपछि सर्वसाधारणका लागि पनि आईपीओ निष्काशन गर्ने जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ