arrow

खुल्ने बित्तिकै बन्द भयो बीपी राजमार्ग

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
bp-highway-banda.jpg

काठमाडौँ। रोशी खोलामा बाढी आएपछि आज बिहानदेखि अवरुद्ध बनेको बीपी राजमार्ग दिउँसो केही समयका लागि खुले पनि पुनः बन्द भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेले अपराह्न ४:१५ बजे सूचना जारी गर्दै राजमार्ग पूर्ण रूपमा बन्द गरिएको जानकारी दिएको हो। यसअघि बिहानदेखि बन्द रहेको सडक दिउँसो ३ बजेबाट सञ्चालनमा ल्याइएको भए पनि एक घण्टा बित्न नपाउँदै प्रहरीले सवारी आवागमन रोक्ने निर्णय गरेको छ।

काभ्रेका विभिन्न स्थानमा भइरहेको भीषण वर्षा र प्रतिकूल मौसमका कारण राजमार्गमा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षाका लागि सडक बन्द गरिएको प्रहरीले जनाएको छ। मौसममा सुधार आएपछि र सडक मार्गमा कुनै अवरोध नभएको सुनिश्चित भएपछि मात्र अर्को सूचनामार्फत बाटो सुचारु गरिने प्रहरीको भनाइ छ। थप जानकारीका लागि प्रहरीले १०० र १०३ मा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ।

विगतका वर्षहरूमा रोशी खोलामा आएको बाढीले यस क्षेत्रका विभिन्न स्थानमा सडक बगाएपछि अहिले खोलाको किनारमा अस्थायी सडक बनाएर यातायात सञ्चालन भइरहेको छ। सामान्य बाढी आउँदा समेत सडक बगाउने र निर्माण कार्यको सुस्त गतिका कारण यस वर्षको वर्षायाममा सडक सञ्चालनमा निरन्तर चुनौती थपिने देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ