arrow

अनेरास्ववियुले षड्यन्त्र गरेको भन्दै मकवानपुरमा ३ संगठनद्वारा निर्वाचन बहिस्कार

logo
सुनिल शिवाकाेटी,
प्रकाशित २०७३ फागुन १९ बिहिबार
FSU.jpeg
हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पसमा बुधबार भएको स्ववियु निर्वाचन प्रक्रियामा ‘षड्यन्त्र’ भएको भन्दै तीन विद्यार्थी संगठनले निर्वाचन बहिष्कार गरेका छन् । स्ववियु निर्वाचनको क्रममा नमुना मतपत्र र मतदान मतपत्रमा फरक परेपछि नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी) र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले निर्वाचनको सबै प्रक्रिया बहिष्कार गरेका हुन् ।  
 
नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष दिनेशकुमार सुवेदी र राप्रविस, नेपाल अध्यक्ष प्रकाश चौलागाईंले संयुक्त विज्ञप्ति जारी गर्दै दोहोरो भूमिकामा भएको निर्वाचनका सबै प्रक्रिया बहिष्कार गरिएको जनाइएको छ । 
 
यता ३ विद्यार्थी संगठनल कानूनी आधिकारिक मान्यता प्राप्त नगरेसम्म मतगणना प्रक्रियामा सहभागी नहुने जनाइरहेको अवस्थामा मकवानपुर बहुमुखी क्याम्पसमा मत गणना प्रक्रिया सुरु भएको बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ