काठमाडौँ। नेपालको बढ्दो गर्मी र उपभोक्ताको दैनिक जीवनशैलीमा आएको परिवर्तनलाई ध्यानमा राख्दै, घर तथा कार्यालय दुवैका लागि उपयुक्त हुने नयाँ क्रम्टन डेजर्ट एयर कुलर, टावर एयर कुलर तथा पर्सनल एयर कुलर हरू नेपाली बजारमा सार्वजनिक गरिएको छ। आकर्षक डिजाइन, प्रभावकारी कार्यक्षमता र प्रयोगमैत्री विशेषताहरूको सन्तुलनमा तयार गरिएको यो नयाँ शृङ्खलाले विभिन्न आवश्यकता अनुसार भरपर्दो चिस्यान समाधान प्रदान गर्ने लक्ष्य राखेको छ।
यस शृङ्खलामा समावेश क्रम्टन ब्राण्डका ओजोन, गेल, ज़ेलस, अप्टिमस, श्योर ब्रिज र जेडीपीएसी विभिन्न पानी ट्याङ्की क्षमताहरू, हावा प्रवाह क्षमता र क्षेत्रफल कभर गर्ने क्षमताका आधारमा डिजाइन गरिएका छन्। उच्च गुणस्तरका हनीकोम्ब प्याडहरूको प्रयोगले राम्रो चिस्यान प्रदान गर्नुका साथै लामो समयसम्म टिकाउ बनाउने विश्वास गरिएको छ, जसले उपभोक्तालाई दीर्घकालीन लाभ दिन्छ।
क्रम्टन ब्राण्डका यी उपकरणहरूमा समावेश प्रविधिहरूले प्रयोगकर्तालाई अझ सहज अनुभव प्रदान गर्छन्। दीर्घकालीन प्रयोगका लागि बनाइएको पम्प प्रणाली, चारैतिर समान रूपमा हावा फैलाउने व्यवस्था, निरन्तर पानी आपूर्ति कायम राख्ने प्रणाली र स्वतः हल्लिने लुभर्सले कोठाभरि समान चिस्यान दिन मद्दत गर्छन्। साथै, मोटर सुरक्षा प्रणालीले उपकरणलाई सुरक्षित र भरपर्दो बनाउँदै दैनिक प्रयोगमा निश्चिन्तता प्रदान गर्छ।
क्रम्टन ब्राण्डका टावर प्रकारका कुलरहरू सानो स्थानमा मिल्ने र आधुनिक घर सजावटसँग मेल खाने गरी बनाइएका छन् भने पर्सनल कुलरहरू साना कोठा वा व्यक्तिगत प्रयोगका लागि उपयुक्त छन्। क्रम्टन ब्राण्डका डेजर्ट कुलरहरूले भने ठूलो क्षेत्रफलमा बलियो कुलिंग प्रदान गर्दै उच्च आवश्यकताहरू सहजै पूरा गर्छन्, जसले सम्पूर्ण शृङ्खलालाई एक पूर्ण चिस्यान समाधानको रूपमा स्थापित गर्छ।
अन्त्यमा, यी सम्पूर्ण एयर कुलरहरू नेपालमा सिजी इलेकट्रोनिक्स मार्फत उपलब्ध गराइँदै आएका छन्, जसले क्रम्टन जस्तो विश्वसनीय ब्रान्डलाई नेपाली उपभोक्तासम्म पुर्याउँदै आएको छ। क्रम्टनका पङ्खाहरू अन्तर्राष्ट्रिय स्तरमै उत्कृष्ट मानिन्छन् र नेपालमा पनि निकै लोकप्रिय छन्। यसका साथै मिक्सर, आइरन र गिजर जस्ता घरेलु उपकरणहरूले पनि नेपाली घरपरिवारमा मजबुत विश्वास कायम गर्दै दैनिक जीवनलाई अझ सहज र व्यवस्थित बनाइरहेका छन्।
नयाँ वर्ष २०८३ को अवसरमा कम्पनीले आकर्षक नयाँ वर्षको योजना समेत ल्याएको छ, जसअन्तर्गत सीमित अवधिका लागि विशेष छुट प्रदान गरिनेछ। साथै, प्रत्येक १५ दिनमा गरिने लक्की ड्रामार्फत खरिदकर्तामध्ये एक जनाले क्रम्टन को मिक्सर जित्ने अवसर पाउनेछन् भने बम्पर उपहारस्वरूप एक जना भाग्यशाली विजेताले मेडिया को डबल डोर रेफ्रिजरेटर जित्ने विशेष अवसर पनि रहेको छ।