arrow

आईपीएल

बैंगलुरूको छैटौँ जित, दिल्ली नौ विकेटले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १४ सोमबार
ipl-delhi-rcb.jpg

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरूले आईपीएल २०२६ मा आफ्नो छैटौँ जित दर्ता गरेको छ। सिजनको ३९औँ खेलमा बैंगलुरूले दिल्ली क्यापिटल्सलाई ९ विकेटको फराकिलो अन्तरले हराएको हो।

अरुण जेट्ली स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको दिल्ली बैंगलुरूको कसिलो बलिङसामु निरिह देखियो। बैंगलुरूले दिल्लीलाई मात्र ७५ रनमा अलआउट गरिदियो। खेलको सुरुवातमा बैंगलुरूका बलरहरू यसरी हाबी भए कि मात्र ८ रनको स्कोरमा दिल्लीले आफ्ना ६ मुख्य ब्याटर गुमाइसकेको थियो।

दिल्लीका लागि अभिषेक पोरेलले सर्वाधिक ३० रन बनाए। बैंगलुरूका तर्फबाट जोस हेजलवुडले घातक बलिङ गर्दै ४ विकेट लिए भने भुवनेश्वर कुमारले ३ विकेट चट्काए।

७६ रनको सामान्य लक्ष्य पछ्याएको बैंगलुरूले मात्र ६.३ ओभरमा एक विकेट गुमाउँदै ७७ रन बनायो र सहजै जित हासिल गर्यो। यो जितसँगै बैंगलुरूले प्लेअफको दौडमा आफ्नो स्थान थप बलियो बनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ