arrow

नेपाल बिच एसियन गेम्समा काश्यमा सीमित, सेमिफाइनलमा श्रीलंकासँग पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १३ आइतबार
nepal-beach-games-kabaddi-26-4-26.jpg

काठमाडौँ । छैटौँ बिच एसियन गेम्स २०२६ अन्तर्गत महिला बिच कबड्डीमा नेपाल कास्य पदकमै सीमित भएको छ । सेमिफाइनलमा श्रीलंकासँग पराजित भएसँगै नेपाल कास्यमा सीमित भएको हो । 

आइतबार बिहान भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनल खेलेको नेपालले सेमिफाइनलमा श्रीलंकासँग  ४६-२३ ले पराजित भएको हो।

पहिलो हाफमा नै २४-१२ ले पछि परेको नेपालले दोस्रो हाफमा पनि पुनरागमन गर्न सकेन । नेपालले समूह चरणको पहिलो खेलमा चाइनिज ताइपेईलाई ४८–३२ ले तथा दोस्रो खेलमा थाइल्याण्डलाई ४९-३३ ले हराएको थियो ।  

समूह चरणको तेस्रो खेलमा नेपालले बंगलादेशलाई ३८-३६ को साँघुरो अन्तरले हराएको थियो । 

महिलातर्फको उपाधिका लागि भारत र श्रीलंका भिड्ने छन् । सेमिफाइनलमा भारतले बंगलादेशलाई ५० -३१ ले पराजित गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ