arrow

स्वीस एयरको विमानको इन्जिनमा आगलागी, छ यात्रु घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १३ आइतबार
indiragandhi-airport.jpg
तस्बिर फाइल

काठमाडौँ । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान सबेरै स्विस अन्तर्राष्ट्रिय विमान सेवाको एउटा जहाजको इन्जिनमा आगलागी भएपछि उडान स्थगित गरिएको छ। दिल्लीबाट जुरिखका लागि उडान भर्न लागेको उक्त विमान बिहान करिब १:०८ बजे धावनमार्गमा रहेको समयमा इन्जिनमा आगो देखिएको थियो। घटना लगत्तै विमानस्थल प्रशासनले पूर्ण आपतकाल घोषणा गरेको थियो भने चालकले सावधानी अपनाउँदै तुरुन्तै उडान रोकेर यात्रुहरूलाई बाहिर निकाल्ने निर्णय लिएका थिए।

विमानमा २२४ यात्रु र ४ शिशुसहित कुल २३२ जना सवार रहेका थिए। आगलागीको सूचना पाउनासाथ सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालिए तापनि उद्धारका क्रममा कम्तीमा ६ जना यात्रु घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि स्थानीय निजी अस्पतालमा भर्ना गरिएको छ। ठूलो आकारको उक्त यात्रुवाहक विमानमा भएको यो घटनाको विषयमा अहिले थप अनुसन्धान जारी रहेको छ। समयमै चालक दल र विमानस्थल प्रशासनले सक्रियता देखाएका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ