arrow

सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १२ बुधबार
heli-crash-82-7-12.jpg

काठमाडौँ । सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटना भएको छ । सोलुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको भएको हो । 

आज बिहान अवतरण गर्ने क्रममा हेलिप्याडमा चिप्लिएर हेलिकोप्टर दुर्घटनामा परेको हो । हेलिकोप्टरमा पाइलट विवेक खड्कामात्र रहेका थिए । 

उनी सकुशल रहेको बताइएको छ । बिहान सवा ८ बजे अल्फा माइक सेरा कलसाइन भएको हेलिकोप्टर दुर्घटनामा परेको हो । 

उक्त हेलिकोप्टर बिहान ७ः४३ बजे लुक्लाबाट उद्धार उडानका लागि लोबुचेतर्फ उडेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ