arrow

हेटौँडामा अबेर रातसम्म डान्सबार सञ्चालन, आठजना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १३ आइतबार
pakrau9.jpg

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले नगर क्षेत्रमा तोकिएको समयभन्दा बढी डान्सबार तथा दोहोरी साँझ सञ्चालन गरेको आरोपमा आठ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार बिहीबार, शुक्रबार र शनिबार राति करिब १२ः४५ बजेको समयमा नगरभित्र सञ्चालनमा रहेका विभिन्न डान्सबार तथा दोहोरी साँझहरूमा अनुगमन गरिएको थियो ।

यो क्रममा तोकिएको समय सीमा उल्लंघन गरी व्यवसाय सञ्चालन भइरहेको पाइएपछि बन्द गर्न निर्देशन दिइएको थियो । तर, निर्देशन अटेर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा पर्नेहरूमा हेटौँडा-१० स्थित ब्लुमुन डान्सबारमा कार्यरत २० वर्षीय महेन्द्र गोले, हेटौँडा-४ स्थित लेबल अप डान्स बारमा कार्यरत २३ वर्षीय संयोग सुनार, हेटौँडा-१० स्थित आरआरएस दोहोरी साँझमा कार्यरत २५ वर्षीय सुजन घलान तथा सिरेटो थकाली रोधी गजल घरमा कार्यरत ३० वर्षीय इन्द्रबहादुर ओली छन् ।

त्यसैगरी, हेटौँडा-४ स्थित ओजन बारबाट रोशनी मगरसहित तीनजना नाबालिका समेत नियन्त्रणमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका नायक उपरीक्षक एसपी श्यामबहादुर खत्रीले तोकिएको समयभन्दा बढी सञ्चालन गरेको पाइएमा कडा कारबाही गरिने स्पष्ट पारेका छन् ।

उनले नियम विपरीत सञ्चालन गर्ने व्यवसायीलाई छुट नदिइने उल्लेख गर्दै कानुन कार्यान्वयनमा प्रहरी कठोर रहने बताएका छन् ।

प्रहरीले नियन्त्रणमा लिइएकामाथि आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाइएको जनाएको छ ।

साथै, सम्बन्धित व्यवसायीहरूलाई तोकिएको समय सीमा पालना गर्न पुनः आग्रह गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ