arrow

पाँच सय १८ रोपनी जग्गामा लगाइएको अफिम खेती नष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १२ शनिबार
afim-kheti.jpg

सुर्खेत। नेपाल प्रहरीले रुकुम पश्चिममा पाँच सय १८ रोपनी जग्गामा लगाइएको अफिम खेती नष्ट गरेको छ । चालु आर्थिक वर्षको साउन १ गतेदेखि बैशाख १० गतेसम्म रुकुम पश्चिमका विभिन्न स्थानमा लगाइएको अफिम नष्ट गरिएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पाैडेलले जानकारी दिए ।

आठविकोट नगरपालिकामा सबैभन्दा धेरै चार सय रोपनी क्षेत्रफलमा लगाएको लागुऔषध अफिम नष्ट गरिएको उनले बताए ।

सानीभेरी गाउँपालिकामा ९० र बाँफिकोट गाउँपालिकामा २८ रोपनी गरेर कुल पाँच सय १८ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरिएको छ । अफिम लागूऔषध भएकोले अवैध मानिन्छ ।

आठविकोट नगरपालिकामा धेरै अफिम उत्पादन हुने गरेको प्रहरीले जनाएको छ । प्रहरीले बर्सेनि अफिम खेती नष्ट गर्दै आए पनि उत्पादनमा भने कमि आउन सकेको छैन।

जंगलको बीचमा उत्पादन हुने भएको उत्पादन गर्ने व्यक्तिको पहिचान गर्न समेत प्रहरीलाई मुस्किल हुने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ