arrow

कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ जारी: दोस्रो दिन थप ६१ जना फन्दामा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ११ शुक्रबार
nepal-police12.jpg

काठमाडौँ ।  कास्की प्रहरीले जिल्लाभर सञ्चालन गरिरहेको विशेष ‘स्वीप अप्रेसन’ को दोस्रो दिन थप ६१ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की र यस मातहतका युनिटहरूले बिहीबार राति ९ बजेदेखि आज बिहान ६ बजेसम्म चलाएको अपरेशनमा उनीहरू पक्राउ परेका हुन्।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा लागुऔषध बिक्री तथा सेवन गर्ने, मदिरा पिएर समाजमा अशान्ति फैलाउने र गुण्डागर्दीमा संलग्न व्यक्तिहरू रहेका छन्। जिल्लामा बढ्दै गएका उच्छृङ्खल गतिविधि र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीले यो कडा कदम चालेको हो।

यसअघि अपरेशनको पहिलो दिन प्रहरीले विभिन्न स्थानबाट १२२ जनालाई नियन्त्रणमा लिएको थियो। योसँगै दुई दिनको अवधिमा कास्की प्रहरीको फन्दामा पर्नेहरूको सङ्ख्या १८३ पुगेको छ। सार्वजनिक शान्ति र सुरक्षालाई मजबुत बनाउन रातको समयमा गरिने यस्तो कारबाहीलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ