arrow

कोलेनिकाको गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ९ बुधबार
accident-final.jpg

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१० सिस्नेस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

गैँडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको बा२झ ३८५४ नम्बरको टाटा सुमोले गएराति पैदलयात्री चितवनको भरतपुर महानगरपालिका–२५ का ४७ वर्षीय श्यामबहादुर भुजेललाई ठक्कर दिएको थियो । 

दुर्घटनामा परेर गम्भीर घाइते भएका भुजेलको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।

दुर्घटनामा संलग्न सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

ठक्कर दिने सवारीसाधन कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) नवलपरासी (बर्दघाट सुस्तापूर्व) को रहेको प्रहरी उपरीक्ष खड्काले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ