arrow

मधेशी मोर्चाका विद्यार्थीहरुका कारण मोरङमा हुन सकेन स्ववियु निर्वाचन

logo
कुुमोद अधिकारी,
प्रकाशित २०७३ फागुन १८ बुधबार
FSU.jpeg
विराटनगर । त्रिभुवन विश्वविद्यालयले बुधबार स्ववियु निर्वाचनको मिति घोषणा गरेको भएपनि विराटनगरको महेन्द्र मोरङ क्याम्पस, डिग्री क्याम्पस र नर्सिङ क्याम्पसमा निर्वाचन हुन सकेन् ।
 
मधेशी मोर्चामा आवद्ध विद्यार्थी संगठनको अवरोध देखाइँदै भएको ढिलासुस्तीले यहाँका तीन ठूला क्याम्पसमा स्ववियु निर्वाचन हुन नसकेको हो । मधेशी विद्यार्थीले गत ११ गतेदेखि गरेको तालाबन्दीका कारण मोरङको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस, डिग्री क्याम्पस, नर्सिङ क्याम्पस निर्वाचन हुन नसकेको हो । 
 
तालाबन्दी हुनुमा तीन विद्यार्थी संगठनकै आ–आफ्नो दाउ रहेको भन्दै एक अर्काको संगठनलाई आरोप लगाउने गरिएको छ । मेहन्द्र मोरङ क्याम्पस पराजय भोग्नुपर्ने डरले आफ्नो प्रभाव कम रहेको क्याम्पसहरुमा निर्वाचन गराउन नचाहेको भन्दै विद्यार्थी संगठनहरुले एक अर्काको संगठनलाई आरोप लगाउने गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ