arrow

पशुपति क्षेत्रमा हर्कको श्रमदान

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ५ शनिबार
harkaraj-rai-sampang-pashupati.jpg

काठमाडौँ । हर्कराज राई (साम्पाङ) को उपस्थितिमा शनिबार पशुपतिनाथ मन्दिर परिसरमा श्रमदान कार्यक्रम सम्पन्न गरिएको छ ।

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्यसमेत रहेका साम्पाङको सहभागितामा आयोजित उक्त कार्यक्रममा सरसफाइका साथै विभिन्न श्रमजन्य कामहरू सम्पन्न गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै साम्पाङले देशमा सरसफाइलाई तीन तहमा बुझ्नुपर्ने धारणा राखे ।

उनले मन, तन र वातावरणको सरसफाइ आवश्यक रहेको उल्लेख गर्दै सबै नागरिक तीनै क्षेत्रमा सक्रिय हुनुपर्ने बताए ।

‘हामीले सरसफाइ गर्नुपर्छ । सरसफाइ यो देशमा तीन खालको छ-मन, तन र वातावरणको । यी तीनओटै तहका व्यक्ति वा निकायहरु सरसफाइमा लाग्नुपर्छ,’ उनले भने ।

सो क्रममा पशुपति क्षेत्रमा सरसफाइका साथै आवश्यक श्रमजन्य कामहरू टोलीबाट भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ