arrow

कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबु-छोरा बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ४ शुक्रबार
upper-karnali.JPG.jpeg

काठमाडौँ ।  अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा तुर्माखाँद–३ बल्देका ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरि बुढा रहेका छन्।

सुर्खेतको पञ्चपुरी नगरपालिका–७ स्थित वनबाट घाँस काटेर डुङ्गामार्फत घर फर्कने क्रममा अचानक नदीमा डुङ्गा पल्टिएको थियो। डुङ्गा चालक रहेका बाबु र सवार छोरा दुवै नदीमा हराइरहेका छन्।

बेपत्ताहरूको खोजीका लागि अस्थायी प्रहरी सुरक्षा बेस माथिल्लो कर्णाली, प्रहरी चौकी भैरवस्थान, ढुङ्गाचाल्ना र ढकारीबाट प्रहरी टोली खटिएको छ। जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार सशस्त्र प्रहरीको विपद् उद्धार तालिमप्राप्त विशेष टोली पनि घटनास्थलतर्फ पठाइएको छ र खोजी कार्यलाई तीव्रता दिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ