arrow

केएमसीको कामना परिसरमा निःशुल्क स्वास्थ्य शिविर 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३ बिहिबार
kmc-83-1-3.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले निःशुल्क स्वास्थ्य शिविर गरेको छ । 

केएमसीको प्राविधिक सहयोगमा कामना न्यूज पब्लिकेसन्स प्रालिका संस्थापक पुष्करलाल श्रेष्ठको सातौँ वार्षिक पुण्यतिथि तथा कामना न्यूज पब्लिकेसन्स प्रालिको ४३ औँ वार्षिकोत्सवको अवसरमा कामनाको परिसर भीमसेनस्थानमा उक्त स्वास्थ्य शिविर आयोजना गरिएको हो । 

शिविरमा ४६८ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

शिविरमा ८८ जनाको भिडियो एक्सरे, ७६ जनाको ईसीजी गरिएको थियो । 

२८ जनाको दाँत झिकिएको थियो । २४ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ