arrow

छैटौँ पटक सगरमाथा आरोहणका लागि आधार शिविरमा पूर्णिमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३ बिहिबार
purnima-sagarmatha.jpg

काठमाडौँ । छोटो अवधिमा तीनपटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकी आरोही पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथाको शिखर चुम्न आधार शिविर पुगेकी छन्। हाल उनी आधार शिविरमा रहेकी र केही दिनभित्रै पहिलो शिविरतर्फ प्रस्थान गर्ने तयारीमा रहेको जानकारी दिएकी छन्।

गोरखाको आरुघाट गाउँपालिका–९ आरुटारकी स्थायी बासिन्दा श्रेष्ठले यसअघि विसं २०८१ को वैशाख ३०, जेठ ६ र १२ गते गरी मात्र १३ दिनभित्र तीनपटक सगरमाथाको सफल आरोहण गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा आफ्नो नाम लेखाइसकेकी छन्।

यही अद्वितीय उपलब्धिकै कारण सन् २०२४ मा उनलाई ‘सिएनएन एथ्लेट्स’को उत्कृष्ट सूचीमा समेत समावेश गरिएको थियो। पूर्णिमाले पहिलो पटक विसं २०७५ जेठमा सगरमाथाको सफल आरोहण गरेकी थिइन् भने पछिल्लो पटक विसं २०८२ जेठ ४ गते पाँचौँ पटक शिखरमा पाइला टेकेकी थिइन्।

उनले विश्वका आठ हजार मिटरभन्दा अग्ला सगरमाथा, केटु, कञ्चनजङ्घा, ल्होत्से, मकालु, अन्नपूर्ण १, धौलागिरि र मनास्लु गरी विभिन्न हिमालहरू पटक-पटक गरी १४ पटक आरोहण गरिसकेकी छन्। विभिन्न शीर्षकमा कीर्तिमान कायम गरिसकेकी उनी नेपाली पर्वतारोहण क्षेत्रको एक साहसी र परिचित नाम हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ