लखनउलाई हराउँदै बैंगलुरू अङ्क तालिकाको शीर्ष स्थानमा
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३ बिहिबार
702
Shares
तस्बिर फाइल
काठमाडौँ । डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बैंगलुरू (आरसीबी) ले आईपीएलको यस सिजनमा आफ्नो चौथो जित दर्ता गरेको छ। बुधबार भएको खेलमा बैंगलुरूले लखनउ सुपर जायन्ट्स (एलएसजी) लाई ५ विकेटले पराजित गरेको हो।
आफ्नै घरेलु मैदानमा भएको खेलमा बैंगलुरूले लखनउले दिएको १४७ रनको लक्ष्य १५.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउ २० ओभरमा १४६ रन बनाउँदै अलआउट भएको थियो।
यस खेलमा कुनै पनि ब्याट्सम्यानले अर्धशतक प्रहार गर्न सकेनन्। बैंगलुरूका लागि विराट कोहलीले सर्वाधिक ४९ रन बनाए पनि उनी मात्र १ रनले आफ्नो अर्धशतक बनाउन चुके। त्यस्तै रजत पाटीदारले २७ र जितेश शर्माले २३ रनको योगदान दिए।
बलिङतर्फ बैंगलुरूका रसिख सलामले घातक बलिङ गर्दै ४ विकेट लिए। भुवनेश्वर कुमारले ३ र क्रुणाल पाण्ड्याले २ विकेट झारे। लखनउका लागि मिचेल मार्सले सर्वाधिक ४० रन बनाएका थिए।
यो जितसँगै बैंगलुरू ८ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। उता सिजनको तेस्रो हार बेहोरेको लखनउ ४ अंकका साथ सातौँ स्थानमा छ।