हेटौंडा। मकवानपुरमा रहेका विभिन्न क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन भइरहेको छ । निर्वाचन शान्तपूर्ण तरिकाले भइरहेको हो ।
विद्यार्थीहरु निकै उत्साहका साथ बिहानैदेखि लाइनमा लागेर मतदान गरिरहेका छन् ।
यसैबीच, सत्ता साझेदार दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाका विद्यार्थी संगठनबीच गठबन्धन भएको छ । यो गठबन्धनले भने प्यानल नै जित्ने उनीहरुको विश्वास छ ।
मनहरी बहुमुखी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस, फरेस्टी क्याम्पस, हेटौंडा क्याम्पस, मकवानपुर बहुमुखी क्याम्पस, वंश गोपाल बहुमुखी क्याम्पस र पालुङ बहुमुखी क्याम्पसमा तीनदलका विद्यार्थी संगठनबीच गठबन्धन भएसंगै प्यानल नै जित्ने पक्का भएको हो ।