arrow

आईपीएल

राजस्थानको पहिलो हार: हैदरावादका साकिब र प्रफुल्लको घातक बलिङले पल्टियो पासा

डेब्यू बलर प्रफुल्लको ऐतिहासिक रेकर्ड, हैदरावाद ५७ रनले विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १ मंगलबार
srh-.jpg

काठमाडौँ । आईपीएलको १९औँ सिजनमा राजस्थान रोयल्सले आफ्नो पहिलो हार व्यहोरेको छ। राजीव गान्धी स्टेडियममा भएको खेलमा सनराइजर्स हैदराबाद (एसआरएच) ले राजस्थान रोयल्स (आरआर) लाई ५७ रनले पराजित गरेको हो।

सोमबार भएको खेलमा टस जितेर हैदराबादले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१६ रनको विशाल योगफल तयार पार्यो। हैदराबादका लागि कप्तान ईशान किशनले ९१ रनको उत्कृष्ट इनिङ खेले भने हेनरिक क्लासेनले ४० रनको योगदान दिए। राजस्थानका तर्फबाट जोफ्रा आर्चरले २ विकेट लिए।

२१७ रनको लक्ष्य पछ्याएको राजस्थान रोयल्स १९ ओभरमा १५९ रनमै समेटियो। राजस्थानका लागि डोनोवन फरेराले ६९ र रवीन्द्र जडेजाले ४५ रन बनाउँदै शतकीय साझेदारी गरे पनि टोलीलाई जित दिलाउन सकेनन्।

हैदराबादका तर्फबाट डेब्यू गरेका बलरहरू प्रफुल्ल हिंग र साकिब हुसेनले ४-४ विकेट लिएर राजस्थानको ब्याटिङ लाइन ध्वस्त पारे। प्रफुल्लले पारीको पहिलो ओभरमै ३ विकेट लिएर आईपीएल इतिहासमा नयाँ रेकर्ड कायम गरे। उनी डेब्यू खेलको पहिलो ओभरमै ३ विकेट लिने पहिलो खेलाडी बनेका छन्। ३४ रन दिएर ४ विकेट लिएका प्रफुल्ल 'प्लेयर अफ द म्याच' घोषित भए। हैदराबादका लागि ईशान मलिङ्गाले पनि २ विकेट लिए।

यस हारका बाबजुद राजस्थान रोयल्स अंक तालिकाको शीर्ष स्थानमै कायम छ। यसअघि राजस्थानले आरसीबी, मुम्बई, गुजरात र सीएसकेलाई पराजित गरेको थियो। अर्कोतर्फ, केकेआरपछि राजस्थानलाई हराएको हैदराबाद यो जितसँगै चौथो स्थानमा उक्लिएको छ। हैदराबाद यसअघि आरसीबी, पञ्जाब र लखनऊसँग पराजित भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ