arrow

जीवन विकास, युनिक नेपाल र मानुषी मर्जरको प्रक्रियामा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३० सोमबार
jiwan-bikash-unik-manushi.jpg

काठमाडौँ। लघुवित्त क्षेत्रमा अर्को ठूलो मर्जरको प्रक्रिया शुरू भएको छ । दोस्रो बजारमा सूचीकृत तीन ओटा लघुवित्त वित्तीय संस्थाहरू जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्त एक आपसमा गाभिने वा मर्जर हुने भएका छन् ।

यी तीन कम्पनीबीच चैत २८ गते मर्जरका लागि प्रारम्भिक समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको हो । मर्जरको पृष्ठभूमि र नयाँ निर्णय यसअघि चैत १४ गते जीवन विकास र युनिक नेपाल लघुवित्तबीच मात्रै मर्जर हुने प्रारम्भिक सम्झौता भएको थियो । तर, पछिल्लो निर्णयअनुसार अब यी दुई कम्पनीमा मानुषी लघुवित्त पनि थपिएपछि त्रिपक्षीय मर्जर हुने निश्चित भएको हो ।

मर्जर प्रक्रिया अघि बढेसँगै तीनै संस्थाको साधारण सभा सम्पन्न नभएसम्मका लागि आधारभूत शेयरधनीहरूको शेयर कारोबार रोक्का राख्न सम्बन्धित निकायमा अनुरोधसमेत गरिएको छ ।

जीवन विकास लघुवित्तको केन्द्रीय मोरङ्गको कटहरीमा छ भने युनिक नेपाल लघुवित्तको केन्द्रीय कार्यालय बाँकेको कोहलपुरमा छ ।

मानुषी लघुवित्तको केन्द्रीय कार्यालय भने काभ्रेपलाञ्चोकमा छ । हाल जीवन विकास लघुवित्तको चुक्ता पुँजी एक अर्ब ७५ करोड, मानुषी लघुवित्तको चुक्ता पुँजी १० करोड ९३ लाख र युनिक नेपाल लघुवित्तको चुक्ता पुँजी १४ करोड ८५ लाख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ