सिन्धुलीको दुधौलीमा केएमसीको स्वास्थ्य परीक्षण, साढे ११ सयको निःशुल्क सेवा
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २६ बिहिबार
139
Shares
सिन्धुली । नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले सिन्धुलीको दुधौली नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।
केएमसीको प्राविधिक सहयोगमा दुधौली नगरपालिका वडा १४ कार्यालय तथा खाल्टे भुल्के टोलसुधार समितिको संयुक्त आयोजनामा वृहत विशेषज्ञ स्वास्थ्य शिविर भएको हो ।
श्री प्राथमिक विद्यालय आँपटार चिउरी भञ्ज्याङमा भएको शिविरमा ११ सय ५२ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
शिविरमा १३६ जनाको ल्याब परीक्षण, १२१ जनाको भिडियो एक्सरे, १४४ जनाको ईसीजी गरिएको थियो ।
१८ जनाको दाँत झिकिएको थियो । १४ जनालाई केएमसीमा रेफर गरिएको छ ।
डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।